शान्तिपूर्ण प्रदर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि निर्घात कुटपिट भयो । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मुक्काले हानेर झम्टीझम्टी कुटेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भइरल भएको छ ।
कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा रोकेर प्रहरीले बब्बुलाई आमानवीय तरिकाले कुटेका हुन् । बिहीबार बब्लुलाई कुटपिट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
https://twitter.com/BrendraChand/status/1306543810864754690?s=20
कुटपिटको घटनामा हाम्रो ध्यानाकर्षण भएको छ,’ नेपाल प्रहरीका प्रवक्ता ९एसएसपी० कुवेर कडायतले रातोपाटीसँग भने, ‘छानविनका लागि महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएका छौँ, दोषी देखिए कारवाही हुन्छ ।’
आर्ट काउन्सिल अगाडी इन्स्पेक्टर नेतृत्वको टोलीले ‘माइतीघर जान मिल्दैन’ भन्दै रोकेर लाठी, बुट र हातले कुटेको बब्लु गुप्ताले रातोपाटीलाई बताए ।
‘हामीले राष्ट्रिय झण्ड बोकेका थियौँ, प्रहरीले दोहोरो कुरा नै नगरी हामीलाई कुटेर भ्यानमा हाल्यो’ गुप्ताले भने–‘मलाई अनामनगरमा लगेर राख्यो, केही बेरमा छाडिदियो ।’
बब्लुका साथीले फोन गरेर घटनाको जानकारी गराएपछि तत्काल आफुले उनलाई रिहा गर्न आदेश दिएको बताउँछन् महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेल ।
हन्ड्रेड्स ९१००० ग्रुप मार्फत बब्लुले निःशुल्क कपडा र रत्नपार्कमा खाद्यान्न वितरण गर्दै आएका छन् । ‘शरीरमा एकसरो कपडा नहुनेहरुका लागी मैले ‘कपडा बैङ्क’को शुरुवात गरेको छु,’ बब्लुले भने ।
सामाजिक सञ्जालमा अमानवीय तरिकाले भिडियो भाइरल भएपछि ट्वीटर प्रयोगकर्ता वीरेन्द्र चन्दले प्रश्न गरेका छन्, ‘सार्वजनिक स्थलमै यसरी कुट्ने प्रहरीले भित्र लगेर के गर्छ ?
प्रतिक्रिया