Logo

प्रमुख समाचार

फाइबर प्रविधिबाट फोन र इन्टरनेट सेवा सुरु



नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ ।

पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा सुरु गरेको हो ।

यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो ।

नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा सेवाको सुरुवात गर्दै इन्टरनेट र भ्वाइस सेवा एकसाथ शुरुआत भएको जानकारी दिए ।

पहिलो चरणमा गलेश्वरका ६० जना ग्राहकले फाइबर जडान गरेका छन् । टेलिकमले १२८ जनालाई पुग्ने गरी तार र प्रणाली तयार गरेको छ ।
गलेश्वरपछि सदरमुकाम बेनी बजारमा फाइबर सेवा विस्तार गरिनेछ । पुरानो प्रविधिका फोन र इन्टरनेटलाई विस्तारै नयाँमा रुपान्तरण गर्दै लाने प्रमुख शर्माले जानकारी दिए । रासस

प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार ०७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।