कर्णाली प्रदेश समन्वय परिषदको दोस्रो वैठकको सञ्चालन भएको छ । प्रदेश राजधानी सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भएको बैठक भोलीसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । परिषद संयोजक एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा भइरहेको बैठकमा कर्णाली प्रदेशका १० वटै स्थानीय तहकाबाट प्रतिनिधित्व रहेको छ ।
बैठकमा परिषद पदाधिकारीका साथै कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्यहरु, जिल्ला समन्वय अधिकारी, नगर तथा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागीता रहेको छ ।
यस्तै कर्णाली प्रदेश सरकारको विज्ञ समूहका सदस्यहरू, विषयगत विज्ञहरूलगायत अन्य सरोकारवालाको पनि बैठकमा सहभागी भएको आयोजकले जानकारी दिएको छ । परिषद बैठकले कर्णालीको विकासका लागि मार्गचित्र निर्माण गर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचुल सम्भावना बोकेको कर्णालीको विकासको लागि नयाँ योजना निर्माण गर्न र सम्भाव्यता खोजीको लागि यो बैठक महत्वपूर्ण हुने उनको भनाइ थियो ।





















प्रतिक्रिया