पेट्रोल बोकेको ट्यांकर त्रिशुली नदिमा खसेको छ । ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर धादिङको गल्छी गाउँपालिका ६ चरौंदीबाट त्रिशुली नदीमा ट्यांकर खसेको हो ।
ट्यांकर नदिमा खसेपछि आगलागी समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।ट्यांकर चालक र सहचालकका बारेमा कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए।
नदीमा खसेको ट्यांंकर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया