Logo

सवारी दुर्घटनमा परी ३ जनाको मृत्यु



सुनसरी, बराहक्षेत्र नगरपालिका-११ शुक्रबारेस्थित सडकमा प्र-१-०२-०४३ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कोशी गाउँपालिका-२ बस्ने १८ वर्षीय निरन्जन उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानीय मेडिकल मधुवनमा उपचार भइरहेको छ । 

कैलाली, गोदावरी नगरपालिका-९ बल्मीस्थित सडकमा से.७ प ५३८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल यात्री धनगढी उपमहानगरपालिका-११ घुर्सुवा बस्ने ५१ वर्षीय ट्याउटु चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पद्मा अस्पताल अत्तरीया हुँदै कोहलपुर मेडिकल कलेजमा थप उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-५ गेटा बस्ने २५ वर्षीया सन्ध्या चौधरीको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नुवाकोट, लिंखु गाउँपालिका-३ स्थित सडकमा प्र.३-०१०२ च ३७१९ नम्बरको बलेरो गाडी र बा.६३ प ४६९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय कमान तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि त्रिशुली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय रमेश तामाङको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको     छ ।  दुवै सवारी साधन र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : माघ २५, २०७७ आईतबार  १२ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।