ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडलअन्तर्गत ओपो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । ओपोले आफ्नो सामाजिक सञ्जाल पेज मार्फत नयाँ उत्पादन सार्वजनिक गर्न लागेको जानकारी गराएको छ ।
ओपोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली नायक अनुप विक्रम शाही, अलिशा राई तथा फोटोग्राफर–चलचित्र निर्माता सन्जोगराई लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु गरि जानकारी गराएको छ ।
हालसम्म कम्पनीले ओपो एफ १७ प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी भने दिएको छैन।
कम्पनीले सामाजिक सञ्जाल पेजमार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्ने बताएको छ।
प्रतिक्रिया