Logo

स्वास्थ्य

कहाँ पढ्ने अलमलमा हुनुहुन्छ ? जानुस् शैक्षिक मेला



काठमाडाैँ । के तपाईं १२ कक्षा उत्तीर्ण आफ्ना सन्तानको गुणस्तरीय शिक्षाको विषयलाई लिएर चिन्तित हुनुहुन्छ ? त्यसो भने काठमाडौंमा शुरु भएको शैक्षिक मेलामा गएर परामर्श लिनुस् ।
 
प्रज्ञा प्रतिष्ठानको हातामा शुरु भएको शैक्षिक मेलामा देश, विदेशको पठनपाठनका विषयमा उचित परामर्श उपलब्ध हुनेछ । 
 
जहाँ काठमाडौंमा रहेका ख्यातीप्राप्त ३१ वटा कलेजका स्टल राखिएका छन् । विदेशी कलेजमा प्राप्त हुने छात्रवृत्तिका विषयमा समेत जानकारी दिइने छ ।
 
शिक्षाक्षेत्रमा काम गरेका बौद्धिक व्यक्तित्वहरुको प्रवचन, जादू , ज्ञानमूलक खेलकूद र गीतसंगीतको भरपूर मनोरञ्जन मेलामा पाइने छ । मेला माघ २६ गतेसम्म सञ्चालन हुनेछ ।
IMG_0378.JPG
IMG_0543.JPG
2.JPG
Capture.JPG
 

प्रकाशित मिति : २५ माघ २०७७, आईतवार १६:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।