बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ‘बेपत्ता पीडित तथा सरोकारवालाहरू सँग अन्तरक्रिया’ कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरूले ऐन संशोधन गर्न जोड दिएका छन्
रोल्पाको लिवाङमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले संक्रमणकालीन दुबै आयोगले काम सुरु गर्नु अगाडि सर्वोच्च अदालतको आदेश अनुसार ऐन संशोधन गरेरमात्रै काम सुरु गर्न सुझाव दिएका छन् ।
तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको क्रममा रोल्पाबाट १३२ जना बेपत्ता भएको तथ्यांक छ भने आयोगमा बेपत्ता छानबिनको लागि भन्दै ९८ उजुरी परेको जनाइएको छ ।
तर अन्तरक्रिया कार्यक्रममा भने २०/२५ जना पीडित मात्रै सहभागी भएको द्वन्द्वपीडित राष्ट्रिय सञ्जालकि प्रदेश ५ संयोजक श्री कुमारी रोकाले जानकारी दिइन् ।
ऐन संशोधन बिना नै संक्रमणकालीन न्यायीक आयोगले काम गर्न नसक्ने भन्दै द्वन्द्वपीडितहरूले दुबै आयोग सँग सहकार्य नगर्ने घोषणा गरेकाले त्यसको असर दुबै संक्रमणकालीन न्यायीक आयोगले काम अगाडि बढाउन सकेका छैनन् ।
लिवाङमा शनिबार भएको अन्तरक्रियामा समेत त्यसको असर देखिएको द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष गोपाल शाहले जानकारी दिए । ‘पीडितको पक्षमा काम गर्न भन्दा पनि बेपत्ता आयोगका पदाधिकारीहरू घुमफिर गर्न र आफ्नो भत्ता पचाउन मात्रै जानुभएको हो ।’ अध्यक्ष शाहले टिप्पणी गरे ।




















प्रतिक्रिया