Logo

पत्रपत्रिका

कोरोना संक्रमण लाग्नै नदिने खोप तयार



विश्वभर कोरोना भाइरसले स्वास्थ महामारी फैलिएको बेला केहि सकारात्मक समाचार पनि सार्वजनिक भएका छन् । यसै क्रममा चीनको उत्तरपूर्वी शहर तियान्जिन कनसिन बायोलोजीक्सले एकेडेमी अफ मेलट्री मेडिकल साइन्सेजसँग मिलेर कोरोना भाइरस विरुद्धको खोप तयार गरेको जनाएको छ ।

अब यसको क्लिनिकल परिक्षण गर्नका लागि स्वयंसेवीको खोजी समेत सुरु गरेको छ । हुवेइ सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रीभेन्सन (सिडीसी) ले परिक्षण गर्न खोप अत्यन्त सुरक्षित रहेको र यसबाट कुनै संक्रमणको खतरा नरहेको दावी गरेको छ ।

चीनमा परिक्षणका लागि खोजी गरिएको स्वयंसेवीको बारेमा अमेरिकीले परिक्षण गर्ने भनेको घोषणा गरेको कुरा कारोबार दैनिकले समाचार प्रकाशित गरेको छ ।

चीनले जुन खोपका लागि काम गरिरहेको छ, त्यसमा मेसेन्जर रिभोलुक्निक एसिड अर्थात् एमआरएनए प्रविधि भाइरसको जनेटिक कोडको नक्कल हो यसको परीक्षण मानिसमा गर्न स्वीकृति मिलेको छ ।

अप्रिलमा यसको परीक्षण हुने आशा गरिएको छ। हुबेईका सीडीसीले भनेको छ, ‘परीक्षणका लागि १८ देखि ६० वर्षसम्मकाका स्वयंसेवीको आवश्यकता छ, जो कुनै पनि किमिसका कोरोना भाइरसको संक्रमण नभएको होस् ।’

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १२:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।