Logo

पत्रपत्रिका

निजी अस्पताल सरकारको नियन्त्रणमा रहने



सरकारले निजी अस्पताललाई आफ्नो नियन्त्रणमा लिएर कोरोना संक्रमितको पहिचान र उपचारमा खटाउने तयारी गरेको छ । सरकारले यससम्बन्धी जानकारी सर्वोच्च अदालतलाई गराएको छ ।

निजी अस्पताल कोरोना संक्रमितको उपचारमा विमुख रहेको भन्दै दायर मुद्दामाथि आइतबार भएको सुनुवाइ क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यस्ता अस्पताल र मेडिकल कलेजलाई सरकारले नियन्त्रणमा लिएर संक्रमितको पहिचान र उपचारमा खटाउने तयारी गरिरहेको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सरकारले निजी अस्पताल र मेडिकल कलेजलाई नियन्त्रणमा लिएर कोरोना संक्रमितको उपचारमा खटाउने तयारी गरेको छ ।

न्याधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा देवकोटाले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले यस्तो योजना बनाएको खुलास गरेका हुन् । ‘सबै अस्पतालको ओनरसिप अब राज्यले लिन्छ । सबै अस्पतालको बेड तथा मेडिकल कलेज राज्यको नियन्त्रणमा सञ्चालन गरिनेछ,’ इजलाससमक्ष देवकोटाले भने । उनले सरकारले कहिलेसम्म निजी अस्पतालमाथि नियन्त्रण कायम राख्ने भन्ने विषयमा भने स्पष्ट नपारेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार ०८:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।