कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशव्यापी लकडाउन भएको समयमा दाङको तुलसीपुरमा ७ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन् ।
७ वर्षीया बालिकालाई १४, ११, १० र ९ वर्षका बालकले पालैपालो गरि जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यलय तुलसीपुरमा जाहेरी समेत परेको छ ।
पीडित बालिकाका अनुसार ४ जनाको समूहमा रहेका बालकहरूको समूहले गएको चैत २९ गते घरनजिकै बारीमा लगेर बलात्कार गरेका थिए । बालिकाको योनिबाट रगत बगेपछि आफन्तहरूले सोधपुछ गर्ने क्रममा घटना सार्वजनिक भएको हो ।




















प्रतिक्रिया