Logo

समाचार

राजनीतिक दल सम्बन्धि कानुन संशोधन: प्रधानमन्त्रीले आफू पर्ने खाल्डो आफैं खने: सांसद संग्रौला



सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि नेपालको राजनैतिक वृत्तमा भूकम्प नै गएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले सरकारले असान्दर्भिक समयमा नेकपाको वर्तमान सरकारले राजनीतिक दल सम्बन्धि कानुन अध्यादेश मार्फत संशोधन गरेको कुरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पर्ने खाल्डो आफैं खनेको टिप्पणी गरेका छन् ।

सांसद संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीसँग जुधिरहेको समयमा वर्तमान सरकारले अध्यादेश मार्फत आफ्नै पार्टी भित्रका विरोधीलाई तर्साउनु र छिन्नभिन्न पार्ने नियत र आवश्यक परे पार्टीसमेत फुटाउने र सत्तामा टिकिरहने मनसायले प्रधानमन्त्रीले चालेको कदम आफू पर्ने खाल्डो आफैं खनेको प्रतीत हुने उनको टिप्पणी छ ।

विपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने गरि अध्यादेश ल्याउने निर्णयले लोकतान्त्रिक पद्धति र संविधानवादको मूलमर्ममाथि सांघातिक हमला गरेको छ ।

विपक्षी बिनाको संवैधानिक परिषद सम्बन्धि व्यवस्थालाई ओझेलमा पार्न दल सम्बन्धि अध्यादेश आएको हो कि ? भन्दै आफूलाई सिजिङपिङको अनुयायी नठान्न समेत सचेत गराएकी छिन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार २०:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।