ज्ञानेन्द्र शाहीको नामले चिनिने ज्ञान बहादुर शाहीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका अभियान्ता शाहीलाई राहतका लागि उठाएको पैसा दुरुपयोग गरेको अभियोगमा पक्राउ गरिएको स्रोतको दावी छ ।
मंगलबार बिहान राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाहीलाई पक्राउ गरिएको जनाएको हो । त्यसक्रममा प्रहरीलाई रोक्न खोज्ने अन्य केही पनि पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सरकारले कोरोना संक्रमण महामारीका बीच संघसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण समानुपातिक राहत पाउने सम्भावना हुने भएकोले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यलयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्रै वितरण गर्न पाउने व्यवस्था छ ।
यस अघिनै संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न निर्देशन दिईसकेको छ । कोरोनाको सम्भावित संक्रमणका कारण प्रतिकूल अवस्थामा विभिन्न व्यक्ति संघसंस्था, सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध गराउने राहत स्थानीय तहमा जम्मा गर्ने एकद्वार प्रणालिबाट मात्रै राहत वितरणको व्यवस्था मिलाउन मन्त्रालयले स्थानीय तहहरूलाई निर्देशन दिएको अवस्था छ ।
स्थानीय तहले वितरण भएको राहतको दैनिक विवरण समेत मन्त्रालयमा पठाउनुपर्छ । त्यसो त, सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषलाई समेत एकद्वार बनाउने निर्णय गरिसकेको अवस्थामा आफूखुसी राहत बाड्न पाइदैन । ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका अभियान्ता शाहीले यी कुनै पनि प्रक्रिया पूरा नगरी आफूखुसी राहत वितरण गरेको अभियोग छ ।
आफूखुसी राहत संकलन र वितरणमा लागेका शाहीलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम कार्वाही अगाडि बढाउने महानगरीय प्रहरीले जानकारी दिएको छ ।
















प्रतिक्रिया