विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बाट पुरा विश्व नै तहसनहस बनेको छ । कोरोना भाइरसका कारण २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ भने करिब ३२ लाख संक्रमित बनेका छन् ।
विश्वका २१० मुलुकमा कोरोना पुगेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोनाको उत्पतिको स्रोत चमेरोलाई मानिएको छ । चीनमा चमेरोबाट कोरोना भाइरस फैलिएको भनेपछि चमेरो बेच्न नै प्रतिबन्ध लगाइएको छ ।
विश्वका केहि शोधकर्ताहरुले चमेराको मुख्य वासस्थानमा गएर ५०० भन्दा धेरै कोरोना भाइरसको अनुसन्धान गरेका छन् । चमेरोको पूरा बस्ती भएको गुफामा गएर वैज्ञानिकहरुले ५०० भन्दा धेरै भाइरसको बारेमा पत्ता लगाएका हुन् । वैज्ञानिकहरुले गुफाबाट चमेरोको जालो, थुक र रगत समेत विभिन्न प्रकारका नमुनाहरु एकत्रित गरेका थिए ।
यो दाबी गर्ने वैज्ञानिकको नाम हो पीटर ड्यासज्याक । पीटर इकोहेल्थ एलायन्स नामको एक गैर सरकारी संस्थामा काम गर्दछन् । यो एक वैज्ञानिक संस्था हो । जसले घातक भाइरसको खोज, पहिचान र त्यसबाट हुने हानीबाट बचाउने र सतर्क रहनका लागि सूचना दिने काम गर्दछ ।
पीटर ड्यासज्याकले १० वर्षमा २० भन्दा धेरै खतरनाक भाइरसको बारेमा अनुसन्धान गरिसकेका छन् । पीटरले विश्वका शोधकर्ता तथा वैज्ञानिकहरुलाई विभिन्न भाइरसको बारेमा जानकारी दिने काम गर्दछन् ।
चमेरोको रगतमा फेला पर्यो भाइरससँग लड्ने एन्टीबडी
पीटरले कुन भाइरस मानिसमा सर्न सक्छ भन्ने कुरा पत्ता लगाउन सकिने बताएका छन् । उनले चमेरोको रगतबाट कोरोना तथा त्यस्ता भाइरसहरुसँग लड्न सक्ने एन्टीबडी मिल्ने बताएका छन् । उनले चमेरेको रगतमा कोरोना भाइरससँग लड्नसक्ने एन्टीबडी पाइने बताएका छन् ।
पीटर ड्यासज्याकले केन्यामा मानिसहरुले चमेरो घरमा नबसोस् भनेर घरमा रहेका प्वालहरु बन्द गरेको बताएका छन् । उनका अनुसार चमेरोमा मात्र नभएर बिरालो, उँट, प्यांगोलिन र अन्य स्तनधारी जनावरहरुबाट पनि भाइरस मानिसमा सर्ने बताएका छन् । त्यसैले सामाजिक दूरी बनाईराख्न सल्लाह दिएका छन् ।
एजेन्सीको सहयोगमा




















प्रतिक्रिया