Logo

प्रमुख समाचार

कोरोना भाइरसका दुई संक्रमित थपिए, संक्रमितको संख्या ५९ पुग्यो



नेपालमा कोरोना भाइरसका दुई संक्रमित पुष्टि भएसँगै बिहीबार संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन् ।

रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेमा ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुवै जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १४:४९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।