भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै लकडाउन कडाइ गर्न तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले सुझाव दिएका छन् ।
यो सँगै भारतबाट आउने व्यक्तिहरूको सबैले निगरानी राख्न तथा क्वारेन्टाइन राख्ने र सामाजिक दुरी कायम गर्नुपर्ने समेत उनको सुझाव छ । साथै लकडाउनको पूर्ण पालना गर्न समेत उनले आग्रह गरेका छन् ।
तराईका सम्पूर्ण जिल्लाहरू सहित काठमाडौ उपत्यका र जोखिममा रहेका जिल्लाहरूमा पनि लकडाउनमा कडाइ गर्न सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने समेत उनको भनाइ छ ।
यो सँगै लकडाउनका कारण जीविकोपार्जनमा समस्या भएका नागरिकलाई स्थानीय सरकार मार्फत राहत वितरण गर्नुपर्ने उनको भनाइ छ ।




















प्रतिक्रिया