नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काभ्रेका २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । नेपालमा हालसम्म ९२ हजार ४ सय ४० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाको छ ।
प्रवक्ता देवकोटका अनुसार पीसीआर विधिबाट २६ हजार ६ सय ९१ र आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ जनाको परीक्षण गरिएको जानकारी दिए ।
गत २४ घण्टामा पीसीआर विधिबाट २५७९ तथा आरडिटी विधिबाट २६६४ जनाको परीक्षण गरिएको उनले बताए ।
हालसम्म ३६ जना संक्रमित सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको उनले बताए ।




















प्रतिक्रिया