झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
केही दिनअघि भारतबाट लुकीछिपी आएका ती पुरुषलाई कोरोना भाइरस संक्रमण देखिएको हो । भारतबाट लुकीछिपी आएका उनी लगायत ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो ।
उनीहरुको सबैको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।
ती युवक नेपाल भित्रिनसाथ उनलाई क्वारेन्टाइनमा राखिएकाले उनीबाट समाजमा कोरोना फैलने अवस्था भने हुन नपाएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
उनी गत जेठ २ गते नेपाल छिरेका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५८ पुगेको छ ।




















प्रतिक्रिया