Logo

प्रदेश

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भ्रामक प्रचार गर्ने मन्त्री र मेयरको भनाइप्रति कांग्रेसको ध्यानाकर्षण



रुपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्दै गलत, अतिरञ्जित र भ्रामक समाचार दिने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति प्रती नेपाली कांग्रेस रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सम्बन्धित निकायबाट बिरामीको मृत्यु भएको पुष्टि नभएको अवस्थामा बिरामीलाई मृतक घोषणा गर्न हतार गर्ने र मानवीय मुल्यहिन र संवेदनाहिन मन्त्री बराल र मेयर घिमिरेले बिरामीको परिवारसँग सार्वजनिक माफी माग्नुका साथै आगामी दिनमा मानवीय मुल्य मान्यताप्रती संवेदनशील र जवाफदेही बन्न सुझाव समेत दिएको छ ।

यसैगरी बिरामीको शिघ्र स्वास्थलाभको कामना गर्दै उपचाररत बिरामीको सुरक्षीत रूपमा उपचार हुने कुरामा परिवारजनलाई विश्वस्त तुल्याउन अस्पताल प्रशासन तथा स्थानीय निकायसँग जोडदार माग समेत गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार १६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।