रुपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्दै गलत, अतिरञ्जित र भ्रामक समाचार दिने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति प्रती नेपाली कांग्रेस रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सम्बन्धित निकायबाट बिरामीको मृत्यु भएको पुष्टि नभएको अवस्थामा बिरामीलाई मृतक घोषणा गर्न हतार गर्ने र मानवीय मुल्यहिन र संवेदनाहिन मन्त्री बराल र मेयर घिमिरेले बिरामीको परिवारसँग सार्वजनिक माफी माग्नुका साथै आगामी दिनमा मानवीय मुल्य मान्यताप्रती संवेदनशील र जवाफदेही बन्न सुझाव समेत दिएको छ ।
यसैगरी बिरामीको शिघ्र स्वास्थलाभको कामना गर्दै उपचाररत बिरामीको सुरक्षीत रूपमा उपचार हुने कुरामा परिवारजनलाई विश्वस्त तुल्याउन अस्पताल प्रशासन तथा स्थानीय निकायसँग जोडदार माग समेत गरेको छ ।





















प्रतिक्रिया