नेपाल भारत बिचको सिमा विवाद उत्कर्षमा पुगेको बेला पूर्व बाल लडाकुका अध्यक्ष लेनिन बिष्टले १८ वर्ष पूरा गरेका हरेक नेपाली नागरिकलाई राष्ट्रियताको जगेर्नाको लागि अनिवार्य सैन्य तालीम दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
२०० वर्ष भन्दा लामो नेपाल भारत सीमा विवाद रहेको बताउँदै अध्यक्ष बिष्टले ‘छिमेकी देश भारतको बिशाल सैन्य क्षमताको प्रतिरोध गर्न नियमित सेना निर्माण सम्भव नभएको त्यसको लागि ३ करोड नेपालीलाई सैन्य तालीम (सैन्य सेवा) उपलब्ध गराइनुपर्छ ।’ उनले भने कुटनैतिक तवरबाट अतिक्रमित भू-भाग फिर्ता गर्न असम्भव भए सैन्य विकल्प रोज्न तयार हुनुपर्ने समेत उनको भनाइ छ ।
सरकारले सार्वजनिक गरेको नयाँ नक्साको समर्थन गर्दै अध्यक्ष बिष्टले सरकारको यो कदम स्वागतयोग्य भएपनि त्यो प्रयाप्त नभएकोको र ग्रेटर नेपालको सपना पूरा गर्न ३ करोड नेपालीलाई नै सैन्यशक्तिमा बदल्नुपर्ने उनको भनाइ छ ।
तत्कालीन माओवादीले सबै नेपालीलाई सैन्य तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्न खोजेको प्रसंग उठाउँदै अध्यक्ष बिष्टले अहिले संविधान संशोधन गरेर उक्त व्यवस्था कार्यान्वयन गर्ने सुनौलो अवसर पूर्व माओवादीलाई रहेको समेत उनको टिप्पणी छ ।
अहिलेका ६० वर्ष पार गरिसकेका राजनैतिक नेतृत्वले ग्रेटर नेपालको सपना पूरा गर्न नसके ती नेतालाई बिदाइ गरेर युवा नेतृत्वले यो सपना पूरा गर्ने समेत उनको दावी छ ।




















प्रतिक्रिया