Logo

प्रमुख समाचार

कोरोना संक्रमितले अस्पताल भरिदैं, संक्रमितलाई अवस्था हेरेर घरमै आइसोलेशनमा राखिने



देशमा लगातार कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै बढेसँगै अस्पतालहरू भरिन थालेका छन् । संक्रमितको संख्या बढेर अस्पताल भरिन थालेपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले संक्रमितको अवस्था हेरेर अस्पतालमा राख्ने या ‘होम आइसोलेशन’ मा राख्ने निर्क्यौल गर्ने तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा अब झन् सतर्क हुनुपर्ने बेला आएको बताए । उनले संक्रमितको अवस्था हेरेर अस्पतालमा कसरी राख्ने भन्ने व्यवस्था हुने बताए । उनले होम क्वारेन्टाइनमै पनि संक्रमित बस्नुपर्ने अवस्था आउनसक्ने भन्दै तयार रहन भने ।

संक्रमित बढेसँगै भ्यान्टिलेटरमा समेत दबाब पर्न सक्छ । देशमा एकै दिन १७० संक्रति बढेर कुल संख्या १२१२ पुगिसकेको छ । संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १७:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।