Logo

प्रमुख समाचार

देशभरि १ लाख क्वारेन्टिनमा



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २ सय ३८ र आरडिटी विधिबाट ३ हजार ४ सय ४४ वटा परीक्षण भएको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ६४ हजार १ सय ५४ र आरडीटीबाट १ लाख ५ हजार ४ सय ७८ वटा परीक्षण भएको जानकारी दिए ।

डा.देवकोटाका अनुसार हाल देशभर ९९ हजार ३ सय ३६ जना क्वारेन्टिनमा रहेका छन। यस्तै देशभर हाल आइसोलेसनमा १ हजार जना रहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १७:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।