Logo

प्रमुख समाचार

लकडाउन खुकुलो बनाउने बिषयमा उच्चस्तरीय समन्वय समिति छलफलमा



उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिंहदरबारमा जारी छ ।

लकडाउन खुकुलो बनाउने गरी कार्ययोजना बनाउन समितिको बैठक बसेको हो । लकडाउन खुकुलो पार्नेगरी मोडालिटी तय गर्न समितिले उद्योगपति तथा व्यवसायीहरुसँग छलफल गरेको थियो ।

उद्योगी तथा व्यवसायीहरुसँगको छलफल पछि अहिले सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसँग छलफल जारी छ । खासगरी कोरोनाको संक्रमण फैलिन नदिने बिसयमा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिएको हो ।

एकातिर कोरोनाको संक्रमण उच्च दरमा बढीरहेको छ भने अर्कोतिर लगातारको लकडाउनले जनजीवन कष्टकर बनेको भन्दै लकडाउन खुलाउन दबाब परेसँगै सरकार पनि दबाबमा परेको छ । यो सँगै लगातारको लकडाउनले देशको अर्थतन्त्रमा समेत गम्भीर प्रभाव परेको भन्दै सरकारलाई लकडाउन खोल्न ठूलो दबाब छ भने अर्कोतिर कोरोनाको संक्रमण उच्च दरमा समुदाय स्तरमा फैंलिदै जाँदा कोरोना रोकथाम तथा नियन्त्रणको चुनौती पनि उत्तिकै छ ।

सरोकारवाला सबैसँग छलफल गरीसकेपछि आएका सुझावलाई समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने उच्चस्तरीय समितिको तयारी छ । परिस्थिति नियन्त्रण बाहिर जाने सम्भावना नभए लकडाउन खुकुलो गर्ने सरकारको रणनीति छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १५:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।