कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको पुष्टी भएको छ । मृत्यु हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुष रहेका छन् ।
क्वारेन्टाइनमा राखिएका उनी जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका थिए । दमको रोगले पीडित उनलाई होम आइसोलेसनमा राखिएको थियो ।
होम आइसोलेसनमै गत जेठ २० गते मृत्यु मृत्युपछि उनको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले शनिबार पीसीआर परीक्षणको रिपोर्ट आएको र सो रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
जैसीका अनुसार गत जेठ २० गते नै मृत्यु भएका उनको दाह्संस्कार सतर्कतापूर्वक गरेको भएपनि उनी रहेको वडा र छिमेकी गाँउका पनि धेरैमा संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । मृतकको रिपोर्ट आएसँगै गाँउपालिकाका सबै नाका र गाँउ सिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।




















प्रतिक्रिया