सरकारले आइतबारबाट लकडाउनलाइ थप खुकुलो बनाउने भएको छ । शनिबार बसेको कोरोना रोकथामउच्चस्तरीय समितिको बैठकले चरणबद्ध रुपमा लकडाउनलाई खुलाउदै जाने आर्थिक क्षेत्रलाई चलायमान बनाउने गरी खुकुलो बनाउन लागेको हो ।
सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले बन्दाबन्दीको अवस्थालाई अझ सहज बनाउँदै लैजाने, आर्थिक क्रियाकलापहरु, औद्योगिक तथा निर्माणजन्य कलकारखाना तथा व्यवसाय सञ्चालन गर्ने र आधारभूत आवश्यकता पूरा गर्दै विकास निर्माणको काम गर्दै जाने विषयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सुरक्षा व्यवस्था मापदण्ड पालना गरी सेवा सञ्चालन गर्न दिइने जानकारी दिए ।




















प्रतिक्रिया