पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्ट काठमाडौले कैलालीको धनगढी उपमहानगरपालिकालाई कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि अत्यावश्यक स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।
देश र नागरिकको सेवामा निरन्तर क्रियाशिल हिमानी ट्रष्टका स्थानीय स्वयंसेवकहरुको उपस्थितिमा १ सय थान पिपीई, २ हजार ५ सय थान सर्जिकल माक्स, दुई हजार ५ सय थान ग्लोब्स, एक लाख मुल्य बराबरको साबुन, १ लाख बराबरको पानी लगायतका कोरोना नियन्त्रण तथा रोकथामको लागि अत्यावश्यक रहेका अन्य सामाग्री समेत हस्तान्तरण गरेको हो ।
विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक स्वास्थ सामाग्री हस्तान्तरण गरेर नागरिकको जीवन रक्षामा सहभागी हुन पाउँदा गर्व लागेको हिमानी ट्रष्टका स्थानीय स्वयंसेवकहरुले जनाएका छन् ।
आगामी दिनमा समेत सक्रियता पूर्वक नागरिकको सेवामा तल्लीन रहने उनीहरुको भनाइ छ ।




















प्रतिक्रिया