Logo

प्रमुख समाचार

एउटै गाँउपालिकामा १६ जना संक्रमित थपिए



सप्तरीमा सोमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेटिएका संक्रमितहरु सबै बलान बिहुल गाउँपालिकाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार संक्रमित मध्ये वडा नम्बर ५ मा ७ जना, वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ४ मा ३ जना र वडा नम्बर २ मा १ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सबै भारतबाट आएर केहि दिन देखि क्वारेन्टिनमा बस्दै आएकाहरु रहेका छन् ।१६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १०:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।