Logo

समाचार

पर्साका थप ८ जनामा कोरोना संक्रमण पुष्टि



पर्साका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जगरनाथपुर गाउँपालिका ६ का बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको हो।

१५ दिन अघि भारतबाट आएर स्थानीय सन्ठी क्वारेन्टाइनमा बसेका ३४ जनाको स्वाब परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

संक्रमित सबैलाई गण्डक कोभिड अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १२:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।