Logo

अन्तर्राष्ट्रिय

क्वारेन्टिनमा बसेकी महिलासँग यौन सम्बन्धको प्रस्ताव, नमाने खाना नदिने धम्की !



कोरोना संक्रमितको आशंकामा क्वारेन्टिनमा राखिएका महिलाहरुसँग नाजायज फाइदा उठाउन खोज्ने तथा दुव्र्यवहार बढेका घटना सार्वजनिक भैरहेका छन् । पछिल्लो समय छिमेकी देश भारतको महाराष्ट्रको अमरावतीमा क्वारेन्टिन राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्ति (जो क्वारेन्टिनको रेखदेख गर्थे) ले पटकपटक यौन सम्बन्ध बनाउन प्रस्ताव राख्दै आएको सार्वजनिक भएको छ । यो समाचार सार्वजनिक भएसँगै गाउँमा हंगामा नै मच्चिएको छ । महिलाको उजुरीपछि आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

अवरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तरगत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा बनाइएको क्वारेन्टिनमा गाउँकै पुलिस पाटिल नाम गरेका व्यक्तिले मदिराको नशामा आएर महिलालाई पटकपटक शारीरिक सम्बन्धको लागि दबाब दिने गरेका थिए । उनी क्वारेन्टिनमा रहेका सम्भावित कोरोना संक्रमितको रेखदेखको काम गर्ने गर्थे उनले पीडित महिलालाई शारीरिक सम्पर्कको लागि दबाब दिएका हुन् ।

पीडित महिलाले यसको उजुरी स्थानीय प्रहरीलाई दिएपछि प्रहरीले आरोपितलाई प्रकाउ गरेको प्राप्त समाचारमा जनाइएको छ । स्थानीय प्रहरी अधिकारीका अनुसार मुम्बईबाट मजदुरहरुको एक परिवार गाउँ फर्किएको थियो । नियमअनुसार उनिहरु क्वरेन्टिनमा बसेका थिए । त्यहीँ बेला क्वारेन्टिनको रेखदेखमा खटिएका आरोपित पाटिलले त्यहीँ आएर महिलालाई शारीरिक सम्पर्कको लागि दबाब दिएपछि महिला आत्तिएर चिच्याएपछि गाउँलेहरू जम्मा भए । गाउँलेहरुको सुझाव अनुसार पीडित महिलाले प्रहरीलाई खबर गरेकी थिइन् ।

स्थानीय प्रहरी अधिकारीका अनुसार आरोपित पाटिलले पीडित महिलालाई शारीरिक सम्पर्क गर्ने प्रस्ताव स्वीकार नगरे क्वारेन्टिनमा खाना नदिने भन्दै धम्क्याएर यौन सम्बन्धका लागि दबाब दिएको समेत खुलेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार २१:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।