Logo

प्रमुख समाचार

आजबाट लकडाउन झन कडा हुन्छ: ट्राफिक प्रहरी प्रमुख ढकाल



उपत्यकाका सडकमा लकडाउन उल्लंघन गर्दै सवारीको चाप बढेपछि लकडाउनमा अझै कडाइ गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालले जानकारी दिएका छन् ।

‘आजबाट लकडाउन झन कडा भएको छ, मातहतका युनिटहरुलाई कडाईका साथ कदम चाल्न निर्देशन दिएको छु ।’ उनले भने ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी गरेको ७७ औं दिन हुँदा उतारचढाव भएको र दैनिक अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी मात्रै सडकमा निस्किएको दाबी गरे ।

पास लिएका र अत्यावश्यक सेवा दिने सवारी चल्न छुट दिइएको जानकारी दिंदै स्वास्थ, खाद्यान्न, पानी सहित ४२ अत्यावश्यक सेवाका सवारी सञ्चालन गर्न छुट भएको जानकारी दिदैं ती बाहेक अन्य सवारीलाई ट्राफिक प्रहरीले कडा कार्वाही गर्ने उनको भनाइ छ ।

अत्यावश्यक सेवा बाहेकका सवारी नगुडाउन आग्रह गर्दै एसएसपी ढकालले ‘अनावश्यक गुडेका सवारी नियन्त्रणमा लिएका छौं, लकडाउन उल्लंघन गर्ने दैनिक २ हजार जति गाडी उपत्यकामा नियन्त्रणमा लिइएको तथ्यांक छ ।’ उनले भने । गुडेका सबै सवारीको सुरक्षा निगरानी भैरहेको उनको दाबी छ ।

नागरिकको स्वास्थ सुरक्षाकै लागि लकडाउनमा कडाइ गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार ०९:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।