Logo

समाचार

रुपन्देही घटना मानसिक रोगले निम्त्याएको दुखद परिणाम : गोपाल ढकाल मनोविद्



रुपन्देही घटना मानसिक रोगले निम्त्याएको दुखद परिणाम  भएकाे मनाेविद्   गाेपाल ढकाल बताउँछन् ।

रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ ।

हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ ।

स्थानीयका अनुसार सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । हत्या आरोपी सिञ्जालीले राती ९:०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेर आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

आरोपित ब्यक्तिको मानसिक स्बास्थ्य अबस्था ठिक नभएको अबस्थामा समाजमा कहिलेकाहीँ यस्ता अकल्पनीय र दुखद घटनाहरु दुखद घटना हुन पुग्ने मनोविद् गोपाल ढकाल बताउँछन् ।

बेला बेलामा मानसिक रोगका कारण यस्ता दुखद घटना हुँदा ू मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुने उनी बताउँछन् ।

मानसिक रोगीलाई घर परिवार, समाजबाट ढाटा राख्नु पर्छ वा बाधेर राख्नु पर्छ भन्ने धारण भएमा झनै खतरा हुने उनको भनाईछ । अहिलेको समाजमा त्यस्ता व्यक्तिलाई समाजले तिरस्कार गर्ने गरेकाले त्यसो नगर्न पनि उनको अनुरोध छ । यस्ता विरामीका लागि जतिसक्दो माया र उत्पेरण दिनुपर्ने मनोविद् ढकाल बताउँछन् ।

तर, उनी भन्छन् , सबै मानसिक रोगी हिसात्मक पनि हुदैनननरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन् । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आबेग, सोचाईमा हुने मतिभ्रम कारण हत्या गर्न सम्मको अवस्था पुग्न सक्छन् ।’

विशेष गरि जाँड रक्सि तथा लागूको दुरब्यसनी , तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया , अति रिस उठने रोग, डिलेरियम , डिमेन्सिया जस्ता रोगमा बिरामी कहिले काहीँ आबेगमा आएर हिंसात्मक व्यवहार देखाउन सक्ने उनको भनाई छ ।

मानसिक रोगीहरुमा घटना घटाउनुको पछाडि कसैलाई दुख दिन्छु, बदला लिन्छु भनेर जानिबुझि गरेका नभई अपवाद असामाजिक व्यक्तित्व भएका हरुमा भने बदलाको भावना हुनेहुँदा हत्यसम्मको अवस्था पुग्ने उनको मनोविद् गोपाल बताउँछन् ।

मानसिक रोग भएका व्यक्तिहरुलाई परिवारको निरन्तर निगरानीमा राख्नुपर्ने उनको सुझाब छ । यस्ताखालका विरामीका लागि घरेलु उपचार र डाक्टरको परामर्श लिएर उपचार पद्धति अपाउनु उपयुक्त हुने उनको भनाई छ।

त्यस्तै मानसिक रोगी भएका व्यक्तिहरुम कुलत जस्ता दुर्बस्स्यनिबाट टाढा राख्नुपर्ने, नियमित औषधि सेवन गराउनु पर्ने मनोविद् ढकाल बताउँछन् ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।