Logo

प्रमुख समाचार

लकडाउन उल्लंघन गर्ने ४ हजार बढी सवारीसाधन नियन्त्रणमा, भोलि लकडाउन अझै कडा: एसएसपी ढकाल



उपत्यका ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्ने ४ हजार १ सय ७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जानकारी दिदैं महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भिम ढकालले भोलिदेखि लकडाउन अझै कडाइ हुने जानकारी दिएका छन् ।

मुलुकमा कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले लकडाउन घोषणा गरेको ७७ औं दिनसम्म आइपुग्दा लकडाउन उल्लंघन गर्नेको संख्यामा निरन्तर वृद्धि भएको भन्दै ट्राफिक प्रहरी प्रमुख ढकालले बुधबारदेखि लकडाउन अझै कडाइ गर्ने संकेत गरेका हुन् ।

सडकमा गुडेका अधिकांश सवारी आधिकारिक भएको दाबी गर्दै अनुमति नलिएका सबै सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको उनको दाबी छ । लकाडाउन खुकुलो गर्ने तथा लकडाउनको विकल्प सरकारले दिन नसकेको भन्दै नागरिक स्तरबाटै लकडाउनको अवज्ञा हुन थालेपछि प्रहरीले कडाइ गर्न थालेको हो ।

देशमा कोरोना संक्रमितको संख्यामा निरन्तर वृद्धि भएसँगै सरकार लकडाउन खुकुलो बनाउने वा नबनाउने दोधारमा छ । लकडाउन बढाउँदा नागरिकले अस्वीकार गर्ने खतरा छ भने लकडाउन खोल्दा कोरोना संक्रमण अनियन्त्रित हुने जोखिम छ । यस्तोमा प्रहरीले लकडाउन कडाइ गर्ने संकेत गरेको हो ।

आज उपत्यकाको मुख्य व्यापारीक केन्द्र मानिएको न्युरोडमा व्यवसायी र प्रहरीबिच पसल खोल्ने र बन्द गर्ने भन्नेमा विवाद हुँदा झडपको अवस्था बन्यो बुधबार पनि व्यापारीहरुले पसल खुल्ला गर्ने निर्णय गरिसकेका छन् यस्तोमा प्रहरीले गर्ने कडाइ र व्यवसायीले पसल खोल्ने विवादले बुधबार पनि निरन्तरता पाउने देखिन्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार २१:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।