यस वर्षको एसईई नहुने,आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषदको बुधबार सााझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
सरकारले अहिलेको एइई विद्यार्थीहरुलाई कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प खोज्नेगरी सरकारले गर्ने भएको छ ।
अहिले विभिन्न ठाउँमा कोरोना भाइरसको कारण विद्यालयहरुलाई क्वारेन्टाइन बनाएको छ । त्यसका कारण पनि परीक्षा लिन सम्भवन नुहुने निष्कर्ष सरकारले गरेको हो ।
अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।
गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।




















प्रतिक्रिया