Logo

प्रमुख समाचार

मोटरसाइकलमा जोर बिजोर लागु छैन्, दुई जना चढे नियन्त्रणमा: ट्राफिक महाशाखा



महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलमा जोर बिजोर प्रणाली लागु नभएको जनाएको छ ।

मोटरसाइकलमा जोर बिजोर लागु गरिएको छैन्, तर एकजनाभन्दा बढी चढेर सवार गरिरहेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । ट्राफिक महाशाखाका अनुसार मध्याह्न बार्‍ह बजेसम्म ३ सय ४४ मोटरसाइकल र एक सय ४९ चारपाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएको समेत जानकारी दिएको छ ।

जोर बिजोर प्रणालीको उल्लंघन गर्ने चारपाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको ट्राफिक महाशाखाले जनाएको छ ।

सरकारले मोटरसाइकलको जोर बिजोर प्रणालीको सम्बन्धमा स्पष्ट नपारेपनि ट्राफिक प्रहरीले भने मोटरसाइकलमा जोर बिजोर लागु हुने भन्दै बिहीबार वक्तव्य नै जारी गरेपछि ट्राफिक प्रहरीको विरोध भएको थियो । चौतर्फी बिरोध पछि ट्राफिक प्रहरी आफ्नो कदमबाट पछि हटेको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।