महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलमा जोर बिजोर प्रणाली लागु नभएको जनाएको छ ।
मोटरसाइकलमा जोर बिजोर लागु गरिएको छैन्, तर एकजनाभन्दा बढी चढेर सवार गरिरहेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । ट्राफिक महाशाखाका अनुसार मध्याह्न बार्ह बजेसम्म ३ सय ४४ मोटरसाइकल र एक सय ४९ चारपाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएको समेत जानकारी दिएको छ ।
जोर बिजोर प्रणालीको उल्लंघन गर्ने चारपाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको ट्राफिक महाशाखाले जनाएको छ ।
सरकारले मोटरसाइकलको जोर बिजोर प्रणालीको सम्बन्धमा स्पष्ट नपारेपनि ट्राफिक प्रहरीले भने मोटरसाइकलमा जोर बिजोर लागु हुने भन्दै बिहीबार वक्तव्य नै जारी गरेपछि ट्राफिक प्रहरीको विरोध भएको थियो । चौतर्फी बिरोध पछि ट्राफिक प्रहरी आफ्नो कदमबाट पछि हटेको हो ।




















प्रतिक्रिया