Logo

स्वास्थ्य

बुटवलमा ६४ वर्षीय पुरुषको कोरोनाका कारण निधन



कोरोना भाइरस संक्रमणका कारण बुटवलमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । प्युठान घर भएका ६४ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो ।

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका घर भएका उनमा श्वास–प्रश्वासको समस्या देखिएपछि भदौ १ गत प्यूठानबाट उपचारका लागि प्रादेशिक प्रादेशिक अस्पताल लुम्बिनी ल्याएको थियो । उनको कोरोना पीसिआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार अस्पताल अन्तर्गत कोरोना विशेष अस्पतालमा ल्याई भर्ना गरिएका ६४ वर्षीय पुरुषको निधन भएको हो ।

 

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार १२:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।