Logo

राजनीति

नवलपरासीका कांग्रेस सचिव घिमिरेलाई कोरोना पुष्टि,सम्पर्कमा आएका व्यक्तिलाई परिक्षण गर्न आग्रह



नेपाली कांग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सचिव घिमिरेले कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सामाजिक सञ्जालमा संक्रमित भएको सन्देश प्रवाह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, आज विहान प्राप्त सूचना अनुसार कोरोना भाइरसको प्रभावबाट म अछुतो रहन सकिन । समाज सेवामा समर्पित रहदै गर्दा मेरो सम्पर्कमा आउनु भएका सबै साथीहरुलाई सुरक्षित साथ एकान्त वासमा रहनु हुन र यथाशीघ्र परीक्षण गराउनु हुन सादर अनुरोध छ । सबैको जयहोस् । साथै सचिव घिमिरेले सम्पूर्ण शुभ चिन्तकहरुको आर्सिवादले आफू चाडै निको भएर फर्किने आत्मविश्वास समेत व्यक्त गरेका छन् ।

यस अघि नेपाली कांग्रेस नवलपरासीका उपसभापतिको कोरोना संक्रमणबाट निधन भएको थियो । घिमिरेलाई सामाजिक सञ्जाल फेसबुमा स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १३:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।