नेपाली कांग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सचिव घिमिरेले कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सामाजिक सञ्जालमा संक्रमित भएको सन्देश प्रवाह गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, आज विहान प्राप्त सूचना अनुसार कोरोना भाइरसको प्रभावबाट म अछुतो रहन सकिन । समाज सेवामा समर्पित रहदै गर्दा मेरो सम्पर्कमा आउनु भएका सबै साथीहरुलाई सुरक्षित साथ एकान्त वासमा रहनु हुन र यथाशीघ्र परीक्षण गराउनु हुन सादर अनुरोध छ । सबैको जयहोस् । साथै सचिव घिमिरेले सम्पूर्ण शुभ चिन्तकहरुको आर्सिवादले आफू चाडै निको भएर फर्किने आत्मविश्वास समेत व्यक्त गरेका छन् ।
यस अघि नेपाली कांग्रेस नवलपरासीका उपसभापतिको कोरोना संक्रमणबाट निधन भएको थियो । घिमिरेलाई सामाजिक सञ्जाल फेसबुमा स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।




















प्रतिक्रिया