Logo

स्वास्थ्य

थप ८ जना कोरोना संक्रमितको मृत्यु



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका सहित मुलकभर थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

मृत्यु हुनेमा पाँच महिला सहित तीन जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ रहेको स्वास्थ्य एवम जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।