Logo

स्वास्थ्य

सुत्नुअघि पैतालामा तेल लगाउदा के फाइदा हुन्छ



हाम्रो गाउँ घर तिर अझै पैतालामा तेल लगाउने प्रचलन छ । शरिर दुखेमा तेल लगाउनुपर्छ भन्ने मान्यता छ । पुरानै प्रचलन भएपनि शरिर दुख्दा तेलले मालिस गर्नु राम्रो हो । शरिरको हरेक दुखाइ कम गनै तेलले मालिस गर्नु निकै राम्रो मानिन्छ । तपाइको शरिर दुखेको छ भने अथवा राति सुत्दा जहिले पनि पैतालामा तेल लगाउनु राम्रो हुन्छ ।

पैतालामा तेल लगाउदा गोडासम्बन्धी, जोर्नीको दुखाइ र खुट्टाको दुख्ने समस्या ठिक हुन्छ । पैतला र जोर्नी नियमित तेलले मालिस गर्दा रक्तसञ्चारमा सुधार आउने मात्र होइन दुखाइ पनि कम हुन्छ । तेल लगाउनाले शरीरका विकार र विषाक्त पदार्थहरूलाई शुद्ध पार्ने काम गर्छ । तनावबाट छुटकारा पाउन पनि पैतालामा तेल लगाउनु राम्रो हुन्छ ।

रक्तचाप कम भएका बिरामीहरूले राति सुत्नुअघि पैताला मालिस गर्नु राम्रो हुन्छ । पैतालामा तेल लगाउदा टाउको दुख्ने समस्या पनि हट्छ । पैतालामा तेल लगाउने गर्दा शरीरबाट नचाहिने एसिडहरू बाहिर निस्कन्छ । सुत्नुअघि तेल लगाउदा थकान पनि हराउछ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार २३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।