लोकगायिका सुनिता दुलाल वैवाहिक बन्धनमा बाधिने भएकी छन् । उनी यही सोमबार पाइलट दिवाकरमान सिंह बस्न्यातसँग वैवाहिक बन्धनमा बाँधिने लागेकी हुन् । दिवाकर र सुनिता लामो समय देखि प्रेम सम्बन्धमा रहेका थिए ।
दिवाकर क्यानाडबाट पाइलट पढेर आएका हुन् । उनको पुरानो घर डिल्ली बजारमा छ तर हाल बुढालिनकण्ठमा बस्दै आएका छन् । दिवाकर कृषि पेशामा पनि आबद्ध रहेका छन् ।
नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका सुनिता दुलालका ‘झम्के फुली’, ‘मुखैमा चिनी’, ‘बेसी मेलैमा’ लगायतका दर्जनौ गीतहरु श्रोता तथा दर्शकहरुमाझ लोकप्रिय छन् ।
बि.सं. २०६० मा ‘ मायालुले झल्को दिईरहने’ बोलको गीत रेकर्ड गरेर उनी सांगितिक क्षेत्रमा प्रवेश थिइन् । उनको जन्म सिन्धुपाल्चोक जिल्लाको जलबिरेमा भएको हो । गायिका दुलाल रियालिटी शो नेपाल लोक स्टारको निर्णायक समेत रहेकी थिइन्





















प्रतिक्रिया