Logo

अर्थ

निरन्तर ओरालो लागेको सुनको मूल्यको आइतबार उकालो यात्रा



गत साता निरन्तर घटेको सुनको भाउ आइतबार भने उकालो यात्रा तय गरेको छ । आज (आइतबार) तोलामा ३ सय रुपैयाँले मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि बढेर ९६ हजार ७ सय पुगेको छ । शुक्रबार तोलाको ९६ हजार ४ सय थियो ।

आज चाँदीको भाउ भने तोलाको १३४० मा स्थिर रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार ११:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।