Logo

अर्थ

लक्ष्मी इक्वीटी फण्ड लाभांश वितरण गर्ने



लक्ष्मी इक्वीटी फण्डले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने तयारी गरेको छ । लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने छ । फण्डले आर्थिक वर्ष २०७६÷७७ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव भदौ १२ गते शुक्रबार सम्पन्न संस्थाको ६० औं सञ्चालक समितिको बैठकले गरेको हो । उक्त प्रस्तावलाई संस्थाको आगामी साधारणसभाले पारित गरेपछि इकाईधनीहरुले सो मात्राको नगद लाभांश पाउने छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार ११:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।