काठमाडौँ । भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका घाइतेलाई सुरक्षित स्थानतर्फ लैजाने क्रममा गृहमन्त्री सुधन गुरुङ आफैं अक्सिजन सिलिन्डर बोकेर दौडिएको दृश्य अहिले सामाजिक सञ्जालमा चर्चामा छ। विपद्को कठिन घडीमा मन्त्री स्वयं मैदानमा खटिएको भन्दै केहीले प्रशंसा गरेका छन्। तर, यही दृश्यले गृह प्रशासनको नेतृत्व, राज्य संयन्त्रको कमान्ड संरचना र मन्त्रीको भूमिकामाथि अर्को…