नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ह्यास फोटो नेपाल प्रदर्शनी अन्तर्गत गोरखाको धार्चेको प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटो प्रदर्शनी गरेको छ । मङ्सिर १६ गतेदेखि शुरु भएको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल www.photonepal.travel मा अनलाइन गरिएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिल नेपालको सहकार्यमा प्रदर्शनी…