Logo

टिप्पणी

गोरखाको धार्चे गाउँले गर्यो फोटो नेपालमा अनलाइन प्रदर्शनी



नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ह्यास फोटो नेपाल प्रदर्शनी अन्तर्गत गोरखाको धार्चेको प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटो प्रदर्शनी गरेको छ ।

मङ्सिर १६ गतेदेखि शुरु भएको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल www.photonepal.travel मा अनलाइन गरिएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिल नेपालको सहकार्यमा प्रदर्शनी र धार्चेको अनलाइन पहुँच बढाउनसमेत यी संस्थाको पहलमा विविध कार्यक्रम गरिरहेको छ । फोटो नेपाल पोर्टलमार्फत आह्वान गरी प्राप्त सयभन्दा बढी फोटोमध्ये छानिएका ४० लाई प्रदर्शनीमा राखिएको छ । फोटो प्रदर्शनी मङ्सिर २५ गतेसम्म हुने र त्यसपछि धार्चेको भर्चुअल टुर कार्यक्रम आयोजना गरिने बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले चार वर्षदेखि आयोजित फोटो प्रदर्शनीले धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिलको साथ पाएर अझ बढी व्यापक भएको बताउँदै सबैमा फोटो अवलोकन गर्न र आफ्नो सञ्जालमा जानकारी राखी धार्चेको पहुँच बढाइदिन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १५:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।