२०६२ सालको मध्यतिर नेपालमा प्रेस स्वतन्त्रताको चर्को आन्दोलन चलिरहेको थियो । अर्कोतिर ब्यबस्था परिवर्तनको आन्दोलन दलहरुले गरिरहेका थिए । पत्रकारहरुको आन्दोलनमा नागरिक समाजको पुर्ण समर्थन थियो । आन्दोलनको अग्रमोर्चामा नेपाली कांग्रेस सहित हाल सत्तारुढ नेकपाका कार्यकर्तादेखि पत्रकार थिए । तत्कालिन परिस्थितिलाई मध्यनजर राखेर राजा ज्ञानेन्द्र शाहको निर्देशनमा त्यतिबेलाका संचारमन्त्रीले मिडियालाई आंशिक नियन्त्रण गरेका थिए ।…