एमसीसी र सभामुख चयनको विवाद चर्किदैं जाँदा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा नयाँ नयाँ समीकरणहरु देखा पर्न थालेका छन् । सभामुखको बनाउने भन्नेमा सत्तारूढ दलका दुबै अध्यक्षबीच अनौपचारिक सहमति बाहिरी सकेको भएपनी एमसीसीलाई संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेमा सत्तारूढ नेकपामा ठूलो विवाद छ ।
एमसीसी जसरी पनि पास गराउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र एमसीसी कुनै हालतमा पास नगराउने प्रचण्डको अडानका कारण नेकपामा ध्रुवीकरण बढेको हो । स्थायी कमिटीले एमसीसी सम्बन्धमा आबश्यक निर्णय गर्ने अधिकार पार्टीको हाईकमाण्ड सचिवालयलाई सुम्पिएपनी सचिवालयमा एमसीसीको बिषयमा औपचारिक छलफल भएकै छैन् ।
नेकपा सचिवालयमा प्रधानमन्त्री ओली र महासचिव बिष्णु पौडेल बाहेक एमसीको पक्षमा छन् भने गृहमन्त्री रामबहादुर थापा मौन रहदाँ अन्य सदस्यहरु एमसीसीको विपक्षमा रहेकाले पनि प्रधानमन्त्रीकै योजनामा एमसीसी सम्बन्धमा सचिवालयमा कुनै छलफल अगाडि नबढेको बताईन्छ ।
सत्तारुढ दलभित्रको यो विवादको केन्द्रमा नेकपाका दुबै अध्यक्ष रहेको भएपनी अब भने यो समीकरणमा परिवर्तन आउने प्रशस्त सम्भावना देखिन्छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शिखण्डी बनेर नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री ओलीसँग भिड्न तयार देखिएका छन् । महाभारतमा भिष्मको प्रतिरोधका कारण सिखण्डीको जन्म भएको बताइन्छ पछि उनी नै भिष्मको मृत्युको कारण बनेका थिए ।
प्रधानमन्त्री ओली विरुद्धको प्रयास स्वरुप गौतमको घरमा भएको जमघटमा उनलाई राष्ट्रियसभामा लाने बिषयमा गहन छलफल भएको बुझिएको छ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचन सँगै राष्ट्रपतिद्वारा मनोनीत युवराज खतिवडाको स्थानमा गौतमलाई मनोनीत गर्न सचिवालयमा बैठक बाटै निर्णय गराउने वचन प्रचण्डले दिएका छ्न । जसमा वरिष्ठ नेता झलनाथ खनाल सहित पुर्व प्रधानमन्त्री माधव नेपाल, नारायणकाजी श्रेष्ठ समेत सहमत रहेको स्रोतले दावी गरेको छ ।
प्रधानमन्त्री बन्न मिल्ने अवस्थामा मात्रै आफू राष्ट्रियसभामा जाने अडान लिएका गौतमको पक्षमा हुने गरि संविधान संशोधनको लागि समेत पहल गर्ने आश्वासन प्रचण्डले गौतमलाई दिएका छन् । एमसीसी विवादमा सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई आफ्ना विश्वास प्राप्त अर्थमन्त्री समेत रहेका युवराज खतिवडाका ठाउँमा गौतमलाई मनोनीत पार्न बाध्य बनाउने रणनीतिमा प्रचण्ड सहितका बहुमत सचिवालय सदस्य देखिँदा प्रधानमन्त्री ओली भने खतिवडाकै निरन्तरको पक्षमा रहेको बुझिएको छ ।
गौतमको मनोनयन सँगै उनी अनुकुल हुने गरि संविधान संसोधनको प्रयास गर्ने यो समूहको तयारी छ । यसले आगामी दिनमा प्रधानमन्त्रीमा ओलीको निरन्तरतामा समेत संकट थपिने अनुमान छ ।
एमसीसीका कारण आफ्नो राष्ट्रवादी छवि समेत गुमाउने अवस्थामा पुगेका ओलीमाथी दबाब दिने उपयुक्त समय अहिले नै रहेको यो समूहको साझा बुझाई छ । अहिले सभामुखको बनाउने भन्नेमा खास विवाद नरहेपनी एमसीसीलाई संसदमा जानबाटै कसरी रोक्न सकिन्छ भन्नेमा यो सर्मूहमा परामर्श चलिरहेको छ । एमसीसी संसदमा प्रवेश गर्यो भने प्रचण्ड (नेपाल) गौतम समूहले दलिय ह्विप नमाने पनि प्रमुख प्रतिपक्षी दल सहित अन्य प्रतिपक्षी दलहरुको समेत समर्थन रहेकोले पनि यो समूहको केही जोर चल्दैन ।
एमसीसी ईण्डो प्यासिफिक रणनीतिको अंश नभए मात्रै नेपालले स्वीकार गर्ने भन्ने सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्डलाई आफ्नो राजनैतिक करीयर बचाउनकै लागि भए पनि एमसीसी रोक्नुपर्ने बाध्यता छ । किनकि अमेरिकी दूतावासले नै एमसीसी ईण्डो प्यासिफिक रणनीतिकै हिस्सा भएको सार्वजनिक भएपछि प्रचण्ड दबाबमा छन् ।ओली विरुद्धको यो मोर्चाबन्दीले सत्तारूढ दलको आगामी समीकरण कस्तो हुने र त्यसको असर कस्तो हुनेछ त्यो आगामी दिनले नै तय गर्नेछ ।




















प्रतिक्रिया