सत्तारुढ नेकपाभित्र विस्तारै प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्दै गएका छन् । उनको इच्छा विपरीत सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भए भने राष्ट्रियसभामा पुनः युवराज खतिवडालाई मन्त्रीपरिषद्को सिफारीसमा सदस्य बनाउने उनको प्रयासमा पार्टीको सचिवालय बाधक बनिरहेको छ । ओलीको दोस्रो पटकको मृगौला प्रत्यारोपण सफल भएपछि लामो समयदेखिको स्वास्थ्य चिन्ता लगभग सकिएको छ र आठ दस वर्ष…